हिउँले सिंगारियो अन्नपूर्ण बेस क्याम्प (तस्बिहरु)

कास्की | फागुन ११, २०८०

हिउँले सिंगारियो अन्नपूर्ण बेस क्याम्प (तस्बिहरु)

पोखरा:   यो वर्षका लागि शाहसिक पदयात्रामा निस्कने समय अब सकिनेवाला छ ।

 

गर्मीयामको सुरुवात हुनलागेसँगै अहिले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात भएको छ । र ट्रेकिङ रुटहरु अहिले हिउँले सिंगारिएको छ ।

 

समुन्द्री सतहबाट करिब ४ हजार १ सय मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प यतिबेला सेताम्मे बनेको छ ।

 

शाहसिक पदयात्रामा रम्न र हिउँ खेल्न मन पराउनेहरुका लागि अहिले अन्नपूर्ण बेस क्याम्प (एबिसी) निकै उपयुक्त देखिएको छ । 

 

 

३६० डिग्रीमा भ्यू हेर्न पाइने यस ठाउँबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्डको नेत्रभोजन गर्न सकिन्छ ।

 

तर यसका लागि कम्तिमा ५ दिनको समय आवश्यक छुट्याउनुपर्ने हुन्छ । 

 

कसरी पुग्ने एबिसी ?

 

पोखराबाट मत्क्युसम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ । त्यसपछि पदयात्रा सुरु हुन्छ ।

 

तपाईंको हिँड्न सक्ने क्षमता कति छ भन्ने कुराले तपाइको बसाई कहाँ हुन्छ भन्ने निर्धारण गर्छ ।  प्रायजसो पर्यटक पहिलो रात छोम्रोङमै बिताउछन् । 
 

अर्काेदिन बिहानै उठेर सिनुह्वा, ब्याम्बु हुँदैं हिमालय या देउरालीसम्म पुग्न सक्नुहुन्छ । यो यात्राभर तपाइले प्राकृतिक सौन्दर्यता र अग्ला अग्ला हिमालहरुसँग आँखा जुधाउदै यात्रामा रमाउन पाउनुहुन्छ ।

 

दोस्रो दिन हिमालय या देउराली बसेर तेस्रो दिन माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सक्नुहुन्छ । जहाँ खान र बस्नका लागि उचित व्यवस्था रहेको छ । 

 

अहिले हिउँ परेको भएकाले पानी नछिर्ने बुट वा ग्रिपका लागि जुत्तामा लगाउन मिल्ने क्ल्याम्पर बोकेर जानु उपयुक्त हुन्छ ।

 

हेर्नुहोस्,  पत्रकार गिता रानामगरको लेन्सबाट हिउँले सिंगारिएको अन्नपूर्ण बेस क्याम्प:-

 

 

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्